Logo

२० साउन,वीरगञ्ज । मधेश प्रदेशका मन्त्रालयका कर्मचारीहरुमा पछिल्लो समय काम गर्ने जाँगर नदेखिएको मुख्यमन्त्री सतिस सिंहले बताएका छन् । अर्थ मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको मधेश सरकारको पेफा मूल्याकंन सम्बन्धीको प्रारम्भिक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्रालयका कर्मचारीहरुले केहि समयदेखि काम गर्ने जाँगर नदेखाएको भन्दै निकै लापरवाही बढेको टिप्पणी गरेका हुन् । गोष्टीमा मुख्यमन्त्री सिंहले सचिवदेखि लिएर अन्य तहका कर्मचारीहरुको ढिलासुस्तीका कारण प्रदेश सरकारको कामको नतिजा शुन्य जस्तै भएको गुनासो पोखे ।

कर्मचारीहरुबाट जनताको काम मात्र नभइ मन्त्रालयका पोर्टलहरुमा समेत अपडेट जस्ता सामान्य काम समेत नभएको उनको आक्रोश छ । सामान्य भन्दा सामान्य काम हुन सकिरहेको छैन ? भन्ने प्रश्न गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारको काम कारबाहीबारे ध्यान दिन आग्रह गरे ।

सरकार र राजनीतिकतर्फ हुने सबै सहयोग आफ्नो नेतृत्वको सरकार गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए । अर्थमन्त्री सुनिलकुमार यादवको अध्यक्षतामा भएको गोष्ठीमा मधेश सरकार सबै मन्त्रालय कर्मचारी, आयोगका प्रतिनिधिहरु त्था राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार