Logo

फाइल तस्बिर

२० साउन,वीरगञ्ज । पर्साको पटेर्वासुगौलीस्थित भाटा बाबा मन्दिरको दर्शन गर्न आएका बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । शव फेला पर्नेहरुमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर २ का राजकुमार मेघी र मनहरी गाउँपालिका वडा नम्बर ५ का राम बहादुर मोक्तानको शव बरामद भएको हो ।

उनीहरुको शव पर्सा राष्ट्रिय निकुञ्जको शितलपुर खोला नजिकबाट बरामद भएको हो । बेपत्ता दुई युवकको खोजीका लागि खटिएका उद्दार टोलीले उनीहरुको शव आज सवा ५ बजेको समयमा फेला पारेको उद्दार टोलीमा सहभागी सुमन ठाकुरले बताए । उनका अनुसार जंगली हात्तीको आक्रमणबाट उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान छ ।

घटनास्थलमा हात्तीको पाइला समेत देखिएको उनले जानकारी दिए । मकवानपुरबाट भाटा बाबाको दर्शन गर्न आएका उनीहरु साउन १९ गतेदेखि बेपत्ता भएका थिए ।

उद्दार टोलीले घटनास्थलबाट मृतकको शवको मुचुल्का तयारी पार्ने कार्य गरिरहेको ठाकुरले बताए ।


सम्बन्धित समाचार