Logo

२० साउन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा धान रोपाई गरेका किसान हर्षित भएका छन् । आज बिहान देखि परेको वर्षाका कारण हर्षित भएका हुन् ।

बिहानैदेखि परेको पानीले २० दिनदेखि १ महिनाभित्र धान रोपाई गरेका किसानहरु सिचाँई गरि धानको गोडमेल गरी पहिलो डोज स्वरुप युरिया दिने समयमा पानी पर्दा खुसी देखिएका हुन् । पर्सागढी नगरपालिका वडा नम्बर ३ का किसान लक्ष्मण महतोले तीन सातादेखि वर्षा नहुँदा अत्यधिक गर्मीका कारण किसानले रोपेको धान बाली पहिलिदै गई विभिन्न रोग किरा लाग्न थालेको र समयमा धान बालिलाइ अत्याधिक पानी चाहिने समयमा मटर कुलो बाट लगाउने समयमा आकासे वर्षा हुँदा किसानहरु खुसी भएको उनले बताए ।

आकाशे वर्षाबाट रोग किरा भाग्नुको साथै धान बालीलाई आकाशे वर्षा अमृत सम्मान हुने उनले जनाए । केही समय देखि अत्याधिक गर्मी तथा चर्को घामको कारण धान खेतमा उम्रिएका घासँपात गोडमेल गर्न समेत किसान तथा जना हरुलाई गारो हुने गरेको र आजको बर्षाले शितलको समेत राहत मिलेको छ ।


सम्बन्धित समाचार