Logo

फाईल फोटो

२२ साउन,वीरगञ्ज । पर्साबाट ५ किलोग्राम लागू औषध गाँजासहित दुईजना पक्राउ परेका छन् । सखुवाप्रसौनी गाउँपालिका ५ सोलखपुर स्थितबाट गाँजासहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ७ बस्ने ३३ बालेश्वर प्रसाद यादव र ५५ वर्षका देबेन्द्र यादव रहेका छन् ।

प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले महुवन पटेर्वासुगौली सडक खण्डबाट पक्राउ गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ । पटेर्वासुगौलीबाट महुवनतर्फ जाँदै गरेको ना. ३८ प. १८२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गाँजा फेला पारेको प्रदेश प्रहरीका प्रवक्ता सुभाष चन्द्र बोहराले बताए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार