Logo

२३ साउन, वीरगञ्ज । डिजिटल भुक्तानी सेवाप्रदायक ’ई–सेवा’ को एप एन्ड्रोएडको गुगल प्लेस्टोरबाट गायब भएको छ । एप अपडेट गर्न लागिएको कारण मंगलबार विहानदेखि प्लेस्टोरबाट ईसेवा हटाइएको कम्पनीले जनाएको छ ।

पहिलेदेखि मोवाईलमा डाउनलोड रहेका एपमा कुनै समस्य नरहे पनि अहिले भने नयाँ डाउनलोड गर्न नसकिने ईसेवा ग्राहक सेवा केन्द्रका एक कर्मचारीले बताए । यसबाट एप चलाइरहेका प्रयोगकर्तालाई केही असर परेको छैन ।

एकाएक प्लेस्टोरबाट ईसेवा गायब हुनुले ग्राहकलाई ह्याक भएको आशंका भए पनि त्यसमा कुनै सत्यता नरहेको ती कर्मचारीको भनाई छ । गुगलले एप अपडेटको रिभ्यु चरणमा राखेको हुँदा एप डाउन भएको केन्द्रले जनाएको छ ।

यसअघि पनि ईसेवा, खल्ती, आईएमई पे लगायतका एपहरू गुगल प्लेस्टोरबाट हराउँदा रिभ्युपश्चात प्लेस्टोरमा फिर्ता आएका थिए ।


सम्बन्धित समाचार