Logo

२३ साउन, वीरगञ्ज । वीरगञ्ज ११ मुर्ली चोकका पैदल यात्री एवम साईकल चालकहरुलाई समेत जेबरा क्रसिङ्ग र ट्राफिक नियमबारे जानकारी गराइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साको आयोजनामा उनीहरुलाई आज विहान जेबरा क्रसिङ गर्दा दाया बाया हेरेर मात्र बाटो क्रस गर्ने, ट्राफिक सकेत, ट्राफिक लाईट समेतको बिषयमा सम्झाई बुझाई गरिएको गरिएको छ ।

उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका बरिष्ठ उपाध्यक्ष जयलाल साह, सचिव कुल नारायण प्रधान, मधु सिहं राजपुत, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान राजु चौरसिया, अबरेन राय लगायतको उपस्थिति भएको रहेको थियो ।


सम्बन्धित समाचार