Logo

२३ साउन,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन एक हजार चार सय रुपैयाँले घटेर तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।


सम्बन्धित समाचार