Logo

२३ साउन,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा जुटेको सहमति सबैका लागि खुसीको विषय भएको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा टीआरसी कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘अब यसलाई संसद्को समिति र फmुल हाउसमा पनि यसै पटक जाओस्, र यसलाई टुंग्याइयोस्,’ प्रचण्डले भने, ‘म सरकारसँग यसको निम्ति विशेष आग्रह गर्न चाहन्छु।’

‘विधेयकका सम्बन्धमा अहिले कार्यदलले एउटा समझदारीका साथ प्रतिवेदन बुझाएको छ। कार्यदललाई विशेष धन्यवाद,’ प्रचण्डले भने, ‘लामो समयदेखि छलफलमा रहेको, सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले मिहेनत र स्प्रिटका साथ पीडितमैत्री बनाउने कोसिससहित निष्कर्षमा पुगेको छ।’

उनले अघि थपे, ‘यो हामी सबैका लागि खुसीको कुरा हो। नयाँ सरकार गठन भएपछिको यो राम्रो काम भन्न चाहन्छु। सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु।’ उनले आफू प्रधानमन्त्री भएकै बेलामा यसलाई टुंगोमा पुर्याउन कार्यदल बनाउने प्रस्ताव गरिएको पनि उल्लेख गरे।

‘मैले प्रधानमन्त्रीको रुपमा बालुवाटारमा हामी सबैै प्रमुख नेता र सम्बन्धित सबै नेतालाई राखेर यसलाई निष्कर्षमा पुर्याउन ढिला हुन हुँदैन भनेर कार्यदलको प्रस्ताव गरिएको थियो,’ प्रचण्डले भने, ‘यो हामी सबैको निम्ति,समग्र नेपाली जनताको लागि खुसीको कुरा हो।’


सम्बन्धित समाचार