Logo

२३ साउन,वीरगञ्ज । वीरगञ्जमा समस्यामा परेका पत्रकारहरुको सहयोगका लागि पत्रकार कल्याण कोष स्थापना गरिएको छ । बुधबार (आज) क्रियाशील पत्रकाहरुको अगुवाहरुको भेलाले पत्रकारहरुका निम्ति कल्याण कोष स्थापना गरेको हो ।

पत्रकारहरुको समस्या समाधान गर्ने हेतुले कोष स्थापना गरिएको बैठकमा सहभागी पत्रकार केसी लामिछनेले बताए । ५० जना पत्रकारहरुको समूहले कोष स्थापना गरेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यसमेत रहेका लामिछानेले जनाए ।

कोषमा प्रत्येक पत्रकारले मासिक एक हजारका दरले रुपैँया जम्मा गर्ने नियम बनाइएको छ । कोष खडा गरेको पहिलो दिन २७ हजार रुपैयाँ बचत भएको मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जाराले बताए ।   उनका अनुसार पत्रकारहरुको स्वास्थ्य, आर्थिक तथा विपत्मा परेका पत्रकारहरुको सहयोगका हेतुले कोष खडा गरिएको हो ।

आज गठन गरिएको पत्रकार कल्याण कोषमा जुनसुकै पार्टीकासंग विचार राख्ने पत्रकारहरु सदस्य बन्न पाउने नीति राखिएको छ ।

पत्रकारहरुको भेलाले निरञ्जन मिश्रको संयोजकत्वमा कोषको स्थापना गरेको छ । जसको सदस्यहरुमा राजन रौनियार, धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।


सम्बन्धित समाचार