Logo

२३ साउन,काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताए ।

 


सम्बन्धित समाचार