Logo

२३ साउन,काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जे नजिकै दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले पुष्टि गरे।

चालकसहित ५ जना सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको आँकलन गरिएको छ ।

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लाङटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

यस्तै त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लाङटाङमै दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।

पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

हेर्नुहोस् हेलिकप्टर दुर्घटना र मानवीय क्षतिको विवरण


सम्बन्धित समाचार