२५ साउन,काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।