Logo

२५साउन,वीरगञ्ज । पर्सा प्रहरीले पहिलोपटक बीरगन्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) पक्राउ गरेको छ । बीरगन्जको रेल्बे रोडबाट पर्साको प्रहरीको विशेष टोलीले करिब १० हजार भन्दा बढी पीस भेप बरामद गरेको जानकारी दिएको छ ।

महानगरको रेल्बे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनले भने, ‘सुरुमा ३/४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामी खोजविन गर्न थाल्यौं । त्यहीक्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा बरामद भएको हो ।’

प्रहरीका अनुसार एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार पीस भेप हुने अनुमान गरिएको छ । यद्यपी, सबै काउन्ट गर्न बाँकी नै रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । बरामद भेपको बजार मूल्य करिब ३ करोड करिबको हाराहारीमा रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार