Logo

२५साउन,वीरगञ्ज । मनोपरी ढंगले मन्त्रीमण्डल विस्तार गरेको भन्दै जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशनको उल्लंघन गर्दै काम गरेको आरोपमा मुख्यमन्त्री सिंहसंग स्पष्टीकरण सोधिएको जनाइएको छ । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले मुख्यमन्त्री सिंहसँग आज स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले भने, ‘मधेश प्रदेशको नेतृत्व गरिरहेका मुख्यमन्त्री सिंहले पार्टीसँग कुनै समन्वय नै नगरी काम गर्न थालेपछि उनलाई पार्टीले स्पष्टीकरण मागेको हो ।’प्रदेश सरकारको नेतृत्व सम्हालेको २ महिनामै मुख्यमन्त्री सिंहले मनपरी ढंगले काम गर्न थालेपछि उनलाई स्पष्टीकरण सोधेको उनको भनाइ छ ।

मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मुख्यमन्त्री सिंहको मनपरी देखेपछि पहिलोपटक पार्टीले स्पष्टीकरण माग गरेको प्रवक्ता यादवले जानकारी दिए । जनताको काम भन्दा औपचारिक कार्यक्रमहरुको उद्घाटनतर्फ मुख्यमन्त्री सिंह बढी सक्रिया बनेको जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप समेत लगाएको छ ।

तर यता मुख्यमन्त्री सिंहले भने यी स्पष्टीकरण नियमति प्रक्रिया भएको बताए । केही विषयमा त्रुटि भएको हुन सक्ने बताउँदै उनले त्यसलाई सुधार गर्न पार्टीले ध्यानाकर्षण मात्र गराएको जानकारी दिए ।


सम्बन्धित समाचार