Logo

२५साउन,वीरगञ्ज । वीरगञ्जका निरञ्जन अग्रवाललाई थप तीन दिन हिरासतमा बस्ने भएका छन् । पर्सा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

पर्सा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले पुष्टि गरे । उनीमाथिको अनुसन्धान नसकिएको भन्दै पर्सा प्रहरीले जिल्ला अदालतमा म्याद थपको आदेश मागेको थियो । सोही माग बमोजिम पर्सा जिल्ला अदालतले म्याद थप गरेको उनले बताए ।

झुटो विवरण दिई नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते गरेको आरोपमा उनी साउन १६ गते पर्सा प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आदर्शनगरबाट पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार