Logo

२६ साउन, काठमाडौं । आफ्नै सालीलाई बलात्कार गरी भिडिओ अनलाइनमा राख्ने भिनाजु पक्राउ परेका छन् । यो घटना भारतको उत्तर प्रदेशस्थित सहस्रनपुर जिल्लाको कोतवाली भन्ने ठाउँको हो । १५ वर्षीया सालीलाई पक्राउ गर्ने २८ वर्षीय शेरखानलाई बिहीबार स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाकी आमाले आफ्नै ज्वाइँविरुद्ध  उजुरी दिएपछि बेहट बसस्ट्यान्ड नजिकैबाट शेरखान पक्राउ परेका हुन् । उजुरी अनुसार ईदको मुखमा ससुराली घर आएका बेला परिवारका सदस्य कोही नभएको मोका छोपी शेरखानले सालीलाई बलात्कार गरेका थिए ।

आरोपीले बालिकाको भिडिओ खिचेर सो भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की समेत दिएका थिए । पीडित बालिकाले यसबारे विरोध जनाएपछि आरोपीले ती भिडिओहरू अनलाइनमा पोस्ट गरेका थिए ।

बालिकाका परिवारजनलाई एक आफन्तले भिडिओको जानकारी गराएपछि परिवारले उजुरी दिएको थियो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार