Logo

२६ साउन,वीरगञ्ज । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा पर्सामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका सम्पूर्ण प्रहरी इकाइहरुको कार्यालय परिषरमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रम अन्र्तगत ३१५ वटा विभिन्न प्रजातीका फलफूलका विरुवा रोपिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आँप, कटहर, लिच्ची र अम्वाका ३१५ वटा विरुवाहरु रोपिएको हो ।

कार्यक्रममा पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेल, प्रहरी प्रहरी नायब उपरिक्षक दिपक भारती, सुवाष भट्ट, सिनियर प्रहरी अधिकृतहरु लगायत वीरगञ्ज महानगरपालिकाका विभिन्न संघ सस्ंथाका पदाधिकारीहरु, समाजसेवीहरु लगायतको उपस्थिती रहेको प्रहरीले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार