Logo

२६ साउन,वीरगञ्ज । बारा प्रहरीले एक लाख मूल्यका भन्सार छलीका खुद्रा सामान बरामद गरेको छ । प्रहरीले एक लाख ९ हजार २०० मूल्य बराबरका भन्सार छलीका खुद्रा सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोसाकमा खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा एरियाबाट सामान पक्राउ गरेको जनाएको छ । भारतबाट राजश्व छली ल्याउदैँ गरेको अवस्थामा डिउ, स्प्राइट, कोकाकोला, स्ट्रिङग, चिनी, चना, तेल लगायतका सामान बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

बरामद सामानमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार