Logo

२६ साउन,काठमाडौं । देशभर पाँच जिल्लामा हैजाको संक्रमण फैलिएको छ । काठमाण्डौँ, ललितपुर, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ललितपुरमा सबैभन्दा बढी ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।

तसर्थ यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।


सम्बन्धित समाचार