Logo

२६ साउन,वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ४४ पोका रगत संकलन भएको छ ।

हिन्दु परिषद् नेपाल युवा नगर कार्य समिति वीरगञ्जको आयोजना तथा रेडक्रस सोसाइटी पर्साको समन्वयमा भएको कार्यक्रममा उक्त पोका रगत संकलन भएको हो । कार्यक्रममा पाँच जना महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा चन्दा शर्मा, ममता कुमारी, बन्दना शर्मा, नेहा चौरसिया, नजराना खातुन, विनोद पटेल, अंशु प्रजापति, श्याम गुप्ता लगायतका रहेका छन् ।

हिन्दु परिषद् नेपाल युवा नगर कार्यसमिति वीरगञ्जका अध्यक्ष दिपक सरार्फको अध्यक्षता एवम् मधेस प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।


सम्बन्धित समाचार