Logo

२७ साउन, काठमाडौं । ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।

शनिबार बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उनलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पु¥याए पनि उपचार सुरु नगर्दै चिकित्सकले मृत घोषणा गरेका थिए ।

तिमिल्सिनाको शव आज (आइतबार) बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।

तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।

सुनसरीका स्थायी बासिन्दा तिमिल्सिनाले ’प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ’तिम्रो हातको सिन्दुर’, ’नमान लाज यसरी’, ’तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ’नआए नि हुन्थ्यो’ लगायतका गीत गाएका छन् । उनले बाल्यकालमै आँखाको ज्योति गुमाउनुभएको थियो ।


सम्बन्धित समाचार