Logo

२७ साउन, काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने हुनु भएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ दुई दिने भ्रमणमा नेपाल आउन लाग्नु भएको हो ।

सचिव लम्सालले भारत भ्रमणमा गएका बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त हुनु भएका मिस्रीले हालै भुटानको भ्रमण गर्नु भएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा भारतीय सचिव मिस्रीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारतीय सचिव मिस्री सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार