Logo

२७ साउन,वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुइ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट लागु औषधसहित प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने २१ वर्षका अनिल पौडेल र सोही ठाउँकी २० वर्षीया प्रेरणा पौडेल रहेका प्रहरी नायब उपरिक्षक दिपक भारतीले पुष्टि गरे । रक्सौलबाट नेपालतर्फ आउँदै गरेका दुबैजनाको साथबाट प्रहरीले नाइट्राभेट १० लेखिएको २९४ पीस ट्याब्लेट फेला पारेको प्रहरी बताउँछ ।

अस्थायी प्रहरी पोष्ट इनर्वा गाँउबाट खटिएको प्रहरीको चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनायो ।

प्रहरी नायब उपरिक्षक भारतीका अनुसार पक्राउ परेकाहरु नातामा श्रीमान् श्रीमती हुन् ।


सम्बन्धित समाचार