Logo

२७ साउन,काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई बोलाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लिलादेवी गड्तौला र आयुक्त प्रमकुमार राईलाई समितिको बैठकमा बोलाइएको हो।
त्यस्तै, अख्तियारका पदाधिकारीहरूलाई पनि बैठकमा बोलाइएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए।

‘अख्तियारका प्रमुख र पदाधिकारी सबैलाई बोलाएका छौँ। गृहमन्त्री र मुख्यसचिव पनि आउनुहुन्छ,’ खतिवडाले भने।  आइतबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’का विषयमा छलफल भएको थियो।

 


सम्बन्धित समाचार