Logo

२७ साउन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आज बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा पर्सा प्रहरीले रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रहरी परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६९ जना रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । रक्तदान कार्यक्रममा ४ महिलासहित ६९ जनाले रक्तदान गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

आयोजित रक्तदान कार्यक्रममा प्रहरी निरीक्षकहरु नीता थापा, राजन ढकाल र वरिष्ठ प्रहरी नायब निरीक्षकहरु इन्द्रदेव सिंह, आदर्श खतिवडा, म्याकजन लामासहित सहायक प्रहरी निरीक्षक, प्रहरी हवल्दार, प्रहरी जवानले रक्तादन गरेका थिए ।

श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा पर्सा प्रहरीले तीन दिवसीय कार्यक्रम राखेको छ । हिजो पहिलो दिन वृक्षारोपण गरी सुरु भएको वार्षिकोत्सवमा आज दोस्रो दिन रक्तदान र भोली अन्तिम दिन सरसफाइको कार्यक्रम राखिएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार