Logo

२७ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो।

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो। विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुग्नुभएको हो।


सम्बन्धित समाचार