Logo

२७ साउन,वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले टोली भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको डेढ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा बरामद गरेको हो ।

बीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्दा प्रहरीले बिल भरपाइ नभएको रेडिमेट कपडा बरामद गरेको हो ।

बरामद कपडाको भन्सार तिरेको कागजात फेला नपरेपछि नियन्त्रणमा लिइएको प्रहरी भनाइ छ । बरामद सबै कपडा थप कारबाहीको लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

 


सम्बन्धित समाचार