Logo

२८ साउन,वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बीरगन्जमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस र इन्ट्रेक्ट क्लब अफ जीवन ज्योति स्कुलले सोमबार विहान संयुक्तरुपमा सरसफाइको आयोजना गरेको हो ।

बीरगन्ज महानगरको वडा नम्बर ९ स्थित गणेश मन्दिर वरपर सरसफाइ गरिएको आयोजक समितिले जानकारी दिएको छ । सरसफाइ बिहान करिब २ घण्टा गरिएको जीवन ज्योति स्कुलले जनाएको छ ।

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिस र इन्ट्रेक्ट क्लब अफ जीवन ज्योति स्कुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष अनिल जयसवाल, इन्ट्रेक्ट क्लब अफ जीवन ज्योति स्कुलका अध्यक्ष ममता चौहानसहितको सहभागीता थियो ।


सम्बन्धित समाचार