Logo

२८ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थितको चिल्ड्रेन वल्र्ड स्कुलमा निःशुल्क दाँत शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ६० जना विद्यार्थीहरुको दाँत चेकजाँच भएको लायन्स क्लव वीरगञ्ज परिवारले जानकारी दिएको छ ।

स्थानीय ६ लायन्स क्लवको सहकार्यमा आयोजित शिविरमा विद्यालयका विद्यार्थीहरुको दाँतको चेकजाँच गरिएको लायन्स क्लव वीरगञ्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।

शिविरमा डिस्ट्रिक ३२५ एसका सेकेण्ड भिडिजी लायन्स रामविहारी पाण्डे, एरिया प्रमुख श्याम गुप्ता, डिस्ट्रिक प्रमुख रिकेश साह, जोन चेयर पर्सन लायन्स सन्दीप गुप्ता, संजीता प्याकुरेल, लायन्स क्लव सहयोगीका अध्यक्ष डा. चितरञ्जन साह, चिल्ड्रेन वल्र्ड स्कुलका प्रधानाध्यापक, शिक्षकसहित लायन्स क्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

लायन्स क्लव एक्सिलेन्सका अध्यक्ष डा. मनोज कुमार उपाध्यायसहित पाँच जनाको चिकित्सकहरुको टोलीले शिविरमा चेकजाँच गरेका थिए ।


सम्बन्धित समाचार