Logo

२८ साउन,काठमाण्डौ । आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ४८ हजार आठ रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज पाँच रुपैयाँले घटेर तोलाकौ एक हजार सात सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


सम्बन्धित समाचार