Logo

२८ साउन,सिम्रौनगढ । माछा खाएर बिरामी भएका अन्य दुईजना बालबालिकाको समेत मृत्यु भएको छ । शुक्रवार राती माछा खादा एकै परिवारका तीनजना बालबालिका बिरामी भएका थिए । जसमध्ये एकजनाको हिजो मृत्यु भएको थियो ।

आज मृत्यु हुनेहरुमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ टोल झवानी निवासी नरेश रामको ५ वर्षीय छोरा कृष्णनन्दन राम र ४ वर्षिया छोरी पुष्पा कुमारी रहेका छन् । उनीहरुको गएराती साढे १२ बजेको समयमा उपचारको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएको ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक नवीन राईले जानकारी दिनुभयो ।

शुक्रबार माछा र रोती खाएलगत्तै उनीहरु तीनै जना बिरामी भएका नरेशकी श्रीमतीले बताएकी छिन् । बिरामी भएपछि उनीहरुलाई स्थानीय क्लिनिकमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्ज ल्याइएको थियो । त्यसअघि नरेशकी ९ वर्षीया छोरी लालिमाको भने हिजै मृत्यु भइसकेको थियो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पोष्र्टमाटम रिपोर्ट आएपछि मात्र घटनाबारे यकिन खुल्ने प्रहरी निरीक्षक राईले बताउनुभयो ।


सम्बन्धित समाचार