Logo

२९ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको छ । इन्फोकम प्रालिले थप सेवा संचालन गर्न नचाहेपछि प्रदान गरिएको अनुमतिपत्रको अवधि समाप्त भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो ।

इन्फोकमले २०५६/०३/१५ मा इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो । लाइसेन्सको अवधि २०८१/०३/१४ सम्म रहेकोमा कम्पनीले थप सेवा संचालन गर्न नचाहेको जानकारी गराएको थियो ।

त्यसपछि अनुमतिपत्रको अवधि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (१) बमोजिम समाप्त भएको प्राधिकरणले जनाएको छ ।

साथै इन्फोकमले आर्थिक वर्ष २०८०/८१ को अडिटेड वित्तीय विवरण अनुसार तिर्न/बुझाउन पर्ने ग्रामिण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम यथाशिघ्र बुझाई प्राधिकरणमा सम्पर्क गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार