Logo

२९ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छिन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले १४ दिनको अन्तरालमा दुई ठुला दुर्घटना हुनुले पनि यसको पुष्टि गरेको बताइन्।

‘मन्त्रालय सम्हालेका मन्त्रीहरूलाई पटक पटक सोधेको छु। नेपाल हवाई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा कहिले छुट्टाउनुहुन्छ, विधेयक कहिले ल्याउनुहुन्छ ? तर मन्त्रीहरू पटक पटक फेरिनुभयो विधेयक संसदमा आएको छैन,’ उनले भनिन्।

यति एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियो सार्वजनिक भएको र त्यसमा त्यसमा लापरबाही भएको प्रस्ट सुन्न सकिने उनले बताइन्।


सम्बन्धित समाचार