Logo

३० साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी रंगलशाला पुननिर्माणका लागी खानेपानी मन्त्री प्रदिप यादवले खेलकुद मन्त्रीलाई आग्रह गरेका छन् ।

खानेपानी मन्त्री यादवले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई भेटेर नारायणी रंगशालाको अवस्था बारे जानकारी दिदै पुनर्निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मंगलबार काठमाडौँ गएको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुगेका खानेपानी मन्त्री यादवले वीरगञ्जको इतिहास र पहिचानसँग जोडिएको नारायणी रंगशालाको मर्मत सम्भारका लागि खेलकुद मन्त्रालयलाई विशेष प्याकेज घोषणा गर्न आग्रह गरे ।

उनले दशरथ रङ्गशालापछि देशकै ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशाला अहिले पहिचान गुम्ने अवस्थामा पुगेको भन्दै मधेशमा खेलकुद क्षेत्रको विकासका लागि नारायणी रंगशालाको इतिहास कसैले बिर्सन नहुनेमा जोड दिए ।


सम्बन्धित समाचार