Logo

३० साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैछन्  । प्रदेश सभा बैठकमा आज दिउँसो ३ बजे विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार निर्माणका लागि २७ सिट संख्या आवश्यक पर्छ । यहाँ काँग्रेसका १८, माओवादी र एमालेका ११–११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री शाहको पक्षमा मत दिने काँग्रेसका १८, एमालेका ११ र नाउपाका ७ जना देखिएका छन् ।


सम्बन्धित समाचार