Logo

३० साउन, जनकपुरधाम । महोत्तरी भंगहा नगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेका छन् ।

कार्यालयमै कर्मचारीमाथि हातपात भएको विरोधमा उनीहरुले मंगलबारको काम ठप्प पारेर विरोध गरेका हुन् ।

नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडानम्बर ९ का मुकेशकुमार यादवले हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

घटनाको छानबिन गरी दोषीमाथि कारबाही नहुन्जेलसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी कर्मचारीको छ ।

आक्रमण गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले नगरपालिकामा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।

घटनाले राष्ट्रसेवक कर्मचारीहरूको जीउज्यानको असुरक्षाका साथै भयको वातावरणका कारण कार्यालयमा कामकाज गर्न असहज भएको उनीहरुको भनाइ छ ।


सम्बन्धित समाचार