Logo

३० साउन,वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आज पर्साको वीरगञ्ज महानगरपालिका आउँदै छन् । पार्टीको काम विशेषले उनी आज वीरगञ्ज आउन लागेका हुन् ।
जनमत पार्टी पर्साले आज वीरगञ्जको ब्रह्म चोकस्थित ओम होटेल एण्ड पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको छ । पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन अध्यक्ष डा. राउत यहाँ आउँदै छन् ।
नेपाली कांग्रेसकी नेत्रृ रम्भा मिश्रासहित एमाले, जसपा, माओवादी पार्टी लगायत परित्याग गरी एकसय भन्दा बढीले जनमत पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंहले बताए ।


सम्बन्धित समाचार