Logo

३० साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफू नेतृत्वको पार्टी फुटाइएको गुनासो गरेका छन् ।
संसद्मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो गुनासो गरेका हुन् ।

‘मैले सेना समायोजन गरेवापद्, हतियार त्यागेवापद मेरो पार्टी विभाजित गरियो, फुटाइयो’, उनले भने, ‘अहिले जनयुद्धलाई केहीले ध्वंसात्मक द्वन्द्व भन्दैछन् । माओवादी जनयुद्धकै कारण यो सबै परिवर्तन सम्भव भएको हो । त्यसबापद मैले धेरै क्षति भोग्नुपरेको छ ।

अध्यक्ष दाहालले आफूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सक्ने जिम्मेवारी दिएर गएको पनि बताएका छन् ।
उनले गिरिजाबाबुसँग मिलेर नै निरंकुश शासकलाई घुँडा टेकाएर आफूहरू यहाँसम्म आइपुगेको पनि बताएका छन् ।


सम्बन्धित समाचार