Logo

३१ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षणको लागि संसद् सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ ।

रास्वपाका सांसद डा. तोसिमा कार्कीले उक्त प्रस्ताव दर्ता गराएकी हुन् । प्रस्तावक डा. कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम, मनिष झा र डा. चन्दा कार्की रहेका छन् ।

 


सम्बन्धित समाचार