Logo

३१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थितको सेन्ट जेभियर्स स्कुलका विद्यार्थीहरुमा दाँतमा समस्या देखिएको छ ।

महानगरको वडा नम्बर ११ स्थित सेन्ट जेभियर्स स्कुलमा आज गरिएको निःशुल्क दाँतको परीक्षण गर्दा अधिकांश विद्यार्थीहरुमा दाँतको समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । सम्पन्न शिविरमा परीक्षण गरिएका विद्यार्थीहरुको दाँतमा किरा लाग्ने, मुख तथा गिजा गन्हाउने, दाँत फोहोर भएको तथा राम्रोसंग सफा नभएको समस्या देखिएको आयोजक संस्थाका भानुभक्त अधिकारीले जनाए ।

उनका अनुसार करिब ३० प्रतिशत विद्यार्थीहरुको दाँतमा यो समस्या देखिएको हो । शिविरमार्फत १ सय ७० जना विद्यार्थीहरुको दाँतको निःशुल्क चेकजाँच गरिएको थियो । अधिकांश विद्यार्थीहरुको दाँतमा समस्या देखिएपछि त्यसबाट बँच्नको लागि कसरी सावधानी अपनाउने चिकित्सकले सुझाव दिएका थिए ।

डिस्ट्रिक ३२५ एसका डिस्ट्रिक गर्भनर तासी डोल्मा थुमहांगपेको प्रमुख आतिथ्यतामा शिविर आयोजना भएको लायन्स क्लव वीरगञ्ज परिवारका अध्यक्ष समेत रहेका अधिकारीले बताए ।

शिविरमा एरिया प्रमुख श्याम गुप्ता, डिस्ट्रिक चिफ बासु तिमल्सिना, डिस्ट्रिक सचिव गौरी चिमोरिया, कोषाध्यक्ष रजनी तिवारी, बिजया ओजिया, नरोत्तम पाण्डे, चन्द्रशेखर प्रसाद, रामेश्वर गुप्ता, सेन्ट जेभियर्स स्कुलका प्रधानाध्यापक तथा शिक्षकसहित लायन्स क्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

लायन्स क्लव एक्सिलेन्सका अध्यक्ष डा. मनोज कुमार उपाध्यायसहित ६ जना चिकित्सकहरुको टोलीले शिविरमा दाँतकोे चेकजाँच गरेका थिए ।


सम्बन्धित समाचार