Logo

३१ साउन,वीरगञ्ज । काठमाडोैंस्थित स्वीजरल्यान्ड दूतावासका अधिकारीहरुले आज मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहसंग भेटघाट गरेका छन् ।

स्वीस दूतावासका डेपुटी चिफको नेतृत्वको टोलीले विहान मुख्यमन्त्री सिंहसंग मुख्यमन्त्री निवासमा भेटघाट गरेका हुन । स्वीस दूतावासका डेपुटी चिफको नेतृत्वमा ५ सदस्यीय अधिकारीहरुको टोलीले बिहिबार मुख्यमन्त्री सिंहसंग भेटघाट गरेका हुन ।

दूतावासको टोलीले मुख्यमन्त्री सिंहसंगको भेटघाटमा प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्वका योजना कार्यान्वयनमा साझेदारी गर्न र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउन तयार रहेको जनाइएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेशमा सिचाइसहित बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने, नहर निर्माण योजना कार्यान्वयन, मधेश विश्वविद्यालयमा संघीयताको विषयमा बेग्लै कोर्ष राख्ने जस्ता विषयहरुमा सहयोग गर्न दुतावासका अधिकारीसँगको माग गरेका थिए ।

उनले संघीय राज्य विकास, रोजगारी र आय प्रवद्र्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पु¥याउन, लैंगिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा विशेष समन्वयको खाँचो रहेको जिकिर गरेका थिए ।

भेटघाटमा विकास तथा सहयोगका लागि स्विस दूतावासले मधेशमा सञ्चालित कार्यक्रमहरुसंगै प्रदेश सरकारको थप योजनाहरुमा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
स्वीस दूतावासका डेपुटी चिफ मेयरले नियोगका कार्यक्रमलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाइने उल्लेख गरे ।
मुख्यमन्त्रीसँगको भेटमा नियोगका प्रशासन तथा अर्थ विज्ञ मार्क वर्ली पनि सहभागी थिए ।


सम्बन्धित समाचार