Logo

३१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरस्थित नेपाल मेडिसिटि बयोधा अस्पतालले आँखाको उपचार तथा शल्यक्रिया गर्ने भएको छ । रामकुमार केडिया आँखा अस्पतालको समन्वयमा बयोधा अस्पतालले भदौं १ गतेदेखि आँखाको शल्यक्रिया र उपचार गर्ने भएको हो ।

बिहिबार बयोधा अस्पताल र केडिया अस्पतालबिच एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रामकुमार केडिया अस्पतालको तर्फबाट डाइरेक्टर नितिन तुल्सयान र बयोधा अस्पतालको तर्फबाट डाइरेक्टर विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

यो सहमति भएसंगै केडिया आँखा अस्पतालका चिकित्सकहरुले बयोधा अस्पतालमा विरामीहरुको सेवा दिने भएका छन् ।
बयोधा अस्पताल भन्छ, ‘आज बहुत ठूलो सहमति भएको छ, जुन सहमति अनुसार हाम्रो अस्पतालबाट पनि अब आँखाको गुणस्तरीय चेकजाँचको थालनी हुनेछ । शल्यक्रिया पनि हुनेछ, त्यो पनि केडिया आँखा अस्पतालकै दक्ष चिकित्सकहरुबाट । त्यस मानेमा यो ऐतिहासिक सहमति हो ।’

 


सम्बन्धित समाचार