Logo

३२ साउन, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले विहीबार राति १२ बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।


सम्बन्धित समाचार