Logo

३२ साउन, बारा । विषाक्त खानाका कारण ज्यान गुमाएका एकाघरका ३ बालबालिकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

बारामा गएको शनिबार राती माछा र भात खाए लगत्तै विरामी भएर उपचारका क्रममा जीवन गुमाएका बालबालिकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

मधेश प्रदेश बारा क्षेत्र न. १ (ख) को प्रदेश सभा सदस्य राजपती देवी  जयसवालले विहिबार पिडितको घरमै पुगेर ११ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेकी हुन् । उनले मृतक बालबालिकाका अभिभावकलाई ११ हजार रुपैंयाको चेक हस्तान्तरण गरेकी हुन् ।

बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानी टोल निवासी नरेश रामका ९ वर्षीया छोरी लालिमा, ५ वर्षीय छोरा कृष्णनन्दन र ४ वर्षिया छोरी पुष्पा कुमारीको उपचारको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको थियो ।


सम्बन्धित समाचार