साउन ३२, बारा । आत्महत्याका घटना विरुद्ध समाज नै सचेत रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बाराको कलैयामा विहिबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१’ को शुभारम्भ कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले समाजमा आत्महत्या न्युनिकरणका लागि आफ्नै घर–छिमेकबाट सजगता अपनाउनुपर्ने तथा जनचेतना जगाउनुपर्ने बताएका छन् । उनका अनुसार बिद्यालयस्तरबाटै आत्महत्या जस्तो समस्या लागी समाधानात्मक शिक्षा प्रदान गरिनुपर्छ ।
कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकार शशिधर घिमिरेले आत्महत्या न्यूनीकरण विषेश महत्वपूर्ण विषय भएको बताए, जसले मानसिक स्वास्थ्य, सामाजिक समर्थन, र आत्महत्या रोकथामका उपायहरूमा ध्यान केन्द्रित गर्दछ । प्रजिअ घिमिरेले समाजका सबैले यस बिषयलाई गम्भिरताका साथ लिएर सचेतना जगाउनु पर्ने तर्क राखे ।
त्यस्तै बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले आत्महत्या न्यूनीकरणका लागि विभिन्न विषयमा समाजलाई जानकार बनाउनुपर्ने बताए । उनले आत्महत्याको संकेत र लक्षणहरूको बारेमा जानकारी दिएर जागरूकता जगाउनुपर्छ ।
प्रहरी उपरिक्षक खड्काले थेरापी, परामर्श, र मानसिक स्वास्थ्य सेवाहरूको पहुँच सजिलो बनाएर मानसिक स्वास्थ्य सेवा दिनुपर्ने, हानिकारक वस्तुहरूलाई सुरक्षित राख्ने र खतरनाक स्थानहरूमा सुरक्षाको व्यवस्था गर्नुपर्छ । उनका अनुसार परिवार, साथी, र समुदायको समर्थनले आत्महत्या गर्ने विचारलाई रोक्न मद्दत गर्छ ।
विद्यालय, कार्यस्थल, र समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्नु तथा आत्महत्या रोकथामका लागि हेल्पलाइन नम्बरहरूको स्थापना र प्रचार गर्नु अत्यावश्यक रहेको खड्काले बताए ।
उनले नेपालमा पनि विभिन्न संघसंस्था र सरकारी निकायहरूले आत्महत्या न्यूनीकरणका लागि काम गर्दै आएको बताउँदै सबै एक साथ सशक्त भएर काम गर्न सुझाव दिए । उनीहरूको प्रयासलाई समर्थन गर्न र थप सुधार गर्न सामुदायिक सहभागिता आवश्यक रहेको भन्दै यसमा सक्दो सहयोगका लागि सम्पूर्णलाई आग्रह गर्दै यसका लागि बारा प्रहरीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।