Logo

३२ साउन, काठमाडौं । बंगलादेशमा भड्किएको हिंसाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघको विशेषज्ञ टोली आगामी हप्ता बंगलादेश जाने भएको छ ।

यो टोलीले प्रधानमन्त्री शेख हसीनाको राजीनामा भन्दा पहिला भएको बंगलादेशको प्रदर्शन र हत्याको बारेमा अनुसन्धान गर्ने बताइएको छ ।

अधिकारीका अनुसार बंगलादेशको आजादीपछि संयुक्त राष्ट्रसंघको टोली पहिलो पटक मानवअधिकार हननको अनुसन्धान गर्न जाने भएको हो ।

शेख हसिनाको सरकार ढलेपछि मोहम्मद यूनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको अवस्थामा बंलादेशमा जुलाई र यही महिना शुरुआत भएको विद्यार्थी आन्दोलनका क्रममा भएको अत्याचारको छानबिनका लागि संयुक्त राष्ट्र संघले आगामी हप्ता एक अनुसन्धान टोली पठाउने जानकारी दिइएको हो ।

संयुक्त राष्ट्र मानवाधिकार प्रमुख वोल्कर तुर्कले अन्तरिम सरकारका प्रमुख मोहम्मद यूनुसलाई टेलिफोनमार्फ टोली पठाइने जानकारी गराइसक्नु भएको छ । मानव अधिकारका लागि बंगलादेशमा राष्ट्रसंघको टोली पठाउन लागेकोमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई युनिसले धन्यवाद दिएका छन् ।


सम्बन्धित समाचार