Logo

फाइल तस्विर

३२ साउन,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाको पटेर्वा सुगौलीमा छापामारी गरी प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा, चरेश र गाँजाको धुलो बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पटेर्वा सुगौलीस्थित एक घरमा छापामारी ४ सय ८९ किलो लागु औषध गाँजा, चरेश र गाँजाको धुलो बरामद गरेको हो ।

बरामद गाँजासहित प्रहरीले एक जनालाई पक्राउसमेत गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । लागु औषधसहित पक्राउ परेका व्यक्तिसंग थप सोधपुछ चलिरहेकोले उनको विवरण गोप्य राखिएको पर्सा प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका लागु औषध गाँजासहित आरोपितलाई सवा १२ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।


सम्बन्धित समाचार