Logo

३२ साउन,काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार