Logo

३२ साउन,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले साढे चार सय थान इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । विशेष सुचनाको आधारमा वीरगञ्ज–१६ भन्सार मेनगेट नजिकबाट सशस्त्र प्रहरीले उक्त मूल्य बराबरका भेप बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको मोबाइल टोलीले सवारी जाँच गरेको थियो । सोही क्रममा भारततर्फ जाँदै गरेको अवस्थामा टाँगाभित्र फल्स बटम बनाएर लुकाइ छिपाई राखेको अवस्थामा भेप बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक देवेन्द्र सिंहले जनाए ।

उनका अनुसार सशस्त्र प्रहरीले १३ लाख ८५ हजार मूल्य बराबरका भेप बरामद गरेको हो । बरामद भेपलाई आवश्य कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनायो ।

यसअघि पनि पर्सा प्रहरीले ७६ कार्टुन इलेक्ट्रिक चुरोट (भेप) पक्राउ गरेको थियो । गत साउन २४ गते प्रहरीले चार करोड ८६ लाख २४ हजार ८०० मूल्य बराबरको भेप बरामद गरेको थियो ।


सम्बन्धित समाचार