Logo

३२ साउन,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा भूमिगत सिचाँई योजना शुरु नहुदै विद्युतीय ट्रान्फर्मरका सामग्री चोरी भएको छ । वडा नम्बर ५ को निचँुटा र देउरियाको बीचमा रहेका योजनाका भवनसँगै पोलका ५० केभिएका ट्रान्सर्फमरका सामग्री चोरी भएको हो ।

गत मंगलवार राती ट्रान्सफर्मरका सामान चोरी भएको वडाध्यक्ष बिपिन मुखिया बिनले बताए । उनका अनुसार ट्रान्सफर्मरका हाई एक्सटेन्सनका लाइन काटिएको समयमा ट्रान्सफर्मरभित्र रहेका तामाका क्वाल चोरी भएका हुन् । यस्तै प्रयोग भएका तेल यत्रतत्र छरिएको उनको भनाइ छ । विद्युत् योजना सञ्चालनका लागि लगत इस्टिमेट अनुसार बिद्युतीय पोल तथा ट्रान्सफर्मर जडान गरिएको स्थानीयको भनाइ छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक मोहनजंग बुढा थापाले दुधेश्वर महादेव मन्दिरमा साउनको मेलामा प्रहरी टोली खट्दा यो चोरी भएको बताए । चोरी भएको ट्रान्सफर्मरको सामानको खोजी भइरहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण पोखरिया सब स्टेशनका प्रमुख बुद्धिनाथ झाले विद्युत् प्रवाह नभएको समयमा चोरी भएको हुन सक्ने आशंका गरे । ट्रान्सफर्मरभित्र झण्डै ७०÷८० केजीको तामाको क्वाइल जडान गरेको र त्यसको भाउ कवाडमा एक हजार ५ सय रुपैँया प्रति केजी रहेको बताए ।

आर्थिक वर्ष २०७५÷७६ सालमा तीन वर्षे समयावधिमा सम्पन्न हुने गरी योजना लागु गरिएको थियो । मधेश सरकारको करिब ७० लाख रुपैँयाको लगानीमा निर्माण कार्य शुरु गरिएको थियो । जसमा पहिलो वर्षमा ठेकेदार कम्पनीबाट २० लाख रुपैँयाको लगानीमा डिप बोरिंग जडान गरिएको भूमिगत सिचाँई आयोजना कार्यालय वीरगञ्जका इलेक्ट्रिक इन्जिनियर केशर कुमार पटेलले बताए ।

दोस्रो वर्षमा उपभोक्ता समितिका मार्फत पाइप लाईन जडान र तेस्रो वर्षमा पम्प हाउस र ओभर हेड ट्याङकी निर्माण विद्युतीय पोल तार र ट्रान्सफर्मर जडान गरी संचालनमा ल्याइएको उनको भनाइ छ । तर जमिनमुनिका पानीका सतह र विद्युत् भोल्टेजको अभावमा चाहे जति पानी तान्न नसकेको उनको जिकिर छ ।

विगत १० दिनमा यस्ता तीन वटा भूमिगत सिँचाई योजनाका ट्रान्सफर्मरका सामग्री चोरी भएका उनले जानकारी दिए । पटेर्वासुगौलीको निचुटा, बहुदरमाई नगरपालिकाको भौराटार र पर्सागढी नगरपालिकाका पचरुखीमा रहेको इन्जिनियर पटेलले बताए ।


सम्बन्धित समाचार